प्रतिनिधिसभा उम्मेदवारका लागि लमजुङबाट ८ महिलाकाे नाम सिफारिस

डिसी नेपाल
२१ भदौ २०७९ १२:१४
28
Shares

लमजुङ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ।

नेपाली कांग्रेसबाट तीन जना महिला, नेकपा एमालेबाट दुई जना महिला, माओवादी केन्द्रबाट दुई जना र नेपाल समाजवादी पार्टीबाट एक जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो।

नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सहइन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ।

माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशसभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.