ब्वायफ्रेण्ड खोज्नका लागि सडकमा केटाहरूलाई आफ्नो बायोडाटा बाँड्दै हिँड्ने युवती

डिसी नेपाल
२९ भदौ २०७९ १३:२७

काठमाडौं । डेटिङ एप मार्फत प्रेमी खोज्न कठिनाइ हुँदा २७ वर्षीया युवतीले एउटा अनौठो आइडियामा काम गर्न थालिन् । उनले आफूलाई आकर्षक लाग्ने पुरुषहरूलाई आफ्नो बायोडाटा दिन थालिन्।

युवतीको नाम एमिली जगोडा हो । उनी अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो निवासी हुन् । उनले हिन्ज, टिन्डर वा बम्बल जस्ता डेटिङ एपहरूमा आफूले आफ्नो लागि उपयुक्त पार्टनर भेट्टाउन नसकेको बताएकी छन्। त्यसैले उनले आफ्नो डेटिङ रिजुमे आफूलाई बाटोमा मन पर्ने पुरुषहरूलाई दिने निर्णय गरिन्।

युवतीले डेटिङ रिजुमेमा आफ्ना केही तस्बिरहरू छापेकी छिन् । नाम, उमेर, फोन नम्बर बाहेक उनले आफ्नो बारेमा केही रोचक कुरा पनि बायोडाटामा लेखेकी छिन् । उनी स्थानीय फास्ट फूड जोइन्टहरू, रेष्टुरेन्टहरू, सुपरमार्केटहरू र स्टोरहरूमा बायोडाटा लिएर जान्छिन् र आफूलाई मन पर्ने केटालाई बायोडाटा दिन्छिन्।

एमिलीले टिकटकमा एउटा भिडियो पनि सेयर गरेकी छिन् जसमा उनी पुरुषहरूलाई आफ्नो बायोडाटा बाँडिरहेको देखिन्छिन्। युवतीको यो भिडियो भाइरल भएको छ । डेटिङ रिजुमसँग सम्बन्धित भिडियोहरू १ मिलियन भन्दा बढी पटक हेरिएको छ।

बजफिडसँगको कुराकानीमा एमिलीले वर्तमान पुस्ताका लागि नयाँ मान्छे भेट्न निकै गाह्रो भएको बताइन् । उनीहरूले अनलाइन डेटिङमार्फत पनि प्रेमी खोज्छन्। तर एमिली आशा गर्छिन् कि उनले डेटिङ रिजुमे मार्फत मात्र आफ्नो प्रेमीलाई भेट्नेछिन्। उनले भनिन्- मलाई लाग्छ यो राम्रो रणनीति हो।

एमिलीले अहिलेसम्म डेटिङ रिजुमबाट प्राप्त धेरैजसो प्रतिक्रिया पनि सकारात्मक रहेको बताइन् । उनले भनिन्- पक्कै पनि मलाई मिश्रित प्रतिक्रिया आउँछ तर मैले डेटिङ गर्ने मान्छेलाई यो आइडिया एकदमै मन पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *