बालेनको काममा मेरो पूर्ण साथ छ–पौडेल
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अभियानप्रति आफ्नो पूर्ण सहयोग रहेको जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आज विहान एक प्रतिकृया दिँदै नेता पौडेलले महानगर प्रमुख शाहले सुरु गरेको ऐतिहासिक सम्पदा संरक्षणको अभियानप्रति ऐक्यबद्धता जनाएका हुन्।
नेता पौडेलले काठमाडौंको पुरानो तस्बिर फेसबुकमा राख्दै ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन्।
‘५० वर्षभन्दा पुरानो यो फोटोमा देखिएजस्ता कैयौं सार्वजनिक ऐतिहासिक पोखरी र पाटी वा पौवा अतिक्रमणमा परेका छन्। ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो,’ उनले तस्बिरसँगै लेखेका छन्, ‘काठमाडौंका मेयरले थालेको संरक्षण अभियान स्वागतयोग्य छ र यसमा मेरो पूर्ण सहयोग छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment