नेकपा एसको मापदण्ड, समानुपातिक उम्मेदवारलाई नदोहोर्याउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । मापदण्ड अनुसार नेकपा एसले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई नदोहोर्याउने भएको छ ।
उक्त मापदण्डअनुसार गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई पनि उम्मेदवार नबनाउने भएको छ । त्यस्तै, विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई अहिलेको बन्दसूचीमा नराखिने महासचिव बेदुराम भुसालले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment