सबै समुदायले अझै पनि संविधानलाई स्वीकार गर्न सकेको छैनः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि यो संविधानलाई सबै समुदायले स्वीकार नगरेको बताएका छन्। प्रतिनिधि सभामा शनिवार सम्बोधन गर्दै यादवले फास्ट ट्रयाकमा ल्याइएको संविधानलाई संशोधन गर्नुपर्नेमा गर्न नसकिएको बताए ।
‘संघीयतामा देश गइसके पनि एकात्मक चिन्तनबाट अहिले पनि ग्रस्त छ, निजामती ऐन अहिलेसम्म पारित नहुनु दुर्भाग्यपूर्ण हो’, यादवले भने, ‘प्रदेशलाई दिनुपर्ने अधिकार अहिलेसम्म नदिँदा संघीयतालाई धरापमा पारेर अर्कै दिशातर्फ लग्न खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment