एमाले सांसदको दाबी-चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन

डिसी नेपाल
१ असोज २०७९ १७:०६
200
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको नेकपा एमालेका सांसदहरुले बताएका छन् । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको शनिबार दिउँसो बसेको बैठकमा सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् भन्ने प्रमाणित नहुने बताए।

समितिले मगाएका कतिपय प्रमाण आउन बाँकी रहेको भन्दै सांसद पोखरेलले संकलित प्रमाण प्रतिनिधिसभामा पेश गर्न सकिने तर दोषी हुन् वा होइनन् भन्ने निश्कर्षमा पुग्न नसकिने बताए । ‘हामी उनलाई जोगाउनुपर्छ भन्ने पक्षमा छैनौं तर प्रक्रियाले पूर्णता पाओस् । अहिले हतार नगरौं’ उनले भने ।

एमाले सांसद लालबाबु पण्डितले आदेश र फैसलाकै आधारमा जबरालाई महाअभियोग लगाउन नसकिने बताए । ‘आदेश र फैसलाका आधारमा जबरामाथि मूल्यांकन गर्ने हो भने सर्वोच्चका सबैजसो न्यायाधीशको आदेश र फैसलामा एकरुपता छैन । ती सबै कारबाही र महाअभियोगको दायरामा आउँछन्’ उनले भने ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *