कमल थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

डिसी नेपाल
२ असोज २०७९ १५:५७
56
Shares

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगको भेटलाई बाक्लो बनाएका छन् यही क्रममा उनले आइतबार हेटौडास्थित छिमेकीहरूसँग बसेर चियासहीतको छलफल गरेका छन् ।

सो क्रममा उनले हेटौंडा–६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए ।

राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो । उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे । तर, यसबाट बिचलित नभई नयाँ उर्जा र योजनाका साथ कृयाशिल भएको दाबी गरे ।

मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे । उनले अधुरो विकास निर्माणलाई मूर्त रुप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे ।

यसकारण सबैको साथ समर्थन खोजेको बताए । पार्टी, वाद, विचारभन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.