सोलुखुम्बु पुगे प्रचण्ड र जनार्दनसहितको टोली

डिसी नेपाल
३ असोज २०७९ १२:१८
264
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु आज सोमबार बिहान सोलुखुम्बुतिर लागेका हुन् ।

उनीहरुको साथमा प्रदेश नम्बर १ का इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु रहेका छन् ।

सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको बुझिन्छ । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.