डेंगीबाट २० जनाको मृत्यु

डिसी नेपाल
३ असोज २०७९ १४:४१
52
Shares

काठमाडौं । मुलुकभर डेंगी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।

हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ। त्यसमध्ये ललितपुरमा संक्रमितको संख्या धेरै रहेको छ। ललितपुरमा संक्रमितको संख्या ४ हजार ६०४ रहेको छ। काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या ९ हजार ७७१ पुगेको छ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ५९७ जनामा संक्रमण देखिएको छ। दाङमा ९९४, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ। अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *