प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

डिसी नेपाल
४ असोज २०७९ ७:५०
28
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो। आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन्। निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन्। तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए। प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार दलहरूले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन्। आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.