राप्रपा नेपाल आबद्ध प्रबासी समिति दुबईको अध्यक्षमा लम्साल चयन

डिसी नेपाल
४ असोज २०७९ १३:१८
40
Shares

काठमाडौं। राप्रपा नेपालको प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ। दुबईमा आयोजित एक कार्यक्रमका बीच प्रवासी नेपाल एकता समाजको संगठन बिस्तार गरिएको राप्रपा नेपाल आबद्ध प्रवास विभागका सदस्य नारायण प्रसाद पोखरेलले जानकारी दिए।

जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुबईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन्। त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मान बहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णु प्रसाद सिलवाल रहेका छन्।

त्यसै गरी सदस्यहरुमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मान बहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, संजय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन्। त्यस्तै वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र टीकाराम सुवेदी रहेका छन्।

राप्रपा नेपाल आबद्ध प्रवास विभागका सदस्य नारायण प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य तथा प्रवास विभागका सदस्य सचिव हरिहर प्रसाद जयसवाल (मनोज) लगायतले बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.