सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुबीच आगामी निर्वाचन सम्बन्धमा छलफल जारी रहेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार टुङ्गो लागिसकेकाले प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउन शीर्ष नेताहरुबीच छलफल जारी रहेको उनले बताए ।
बैठकमा सत्ता साझेदार दलका प्रमुख नेताहरू रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment