सत्ता गठबन्धनमा सय सिटमा सहमति, भोलिसम्म सहमति जुटाउने दाबी

डिसी नेपाल
४ असोज २०७९ २०:१४
340
Shares

काठमाडौं । सत्ता गठबन्धनको अर्को बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ। बालुवाटारमा आज बसेको बैठकमा सय सिटमा सहमति जुटेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

खनालले भने, “बालुवाटारमा बैठक भयो।तालमेलकै बारेमा छलफल गर्‍यौँ । सय सिटमा तालमेल बनिसकेको छ, सहमति जुटेको छ । बाँकी कुरा अर्को बैठकमा टुंगिनेछ ।”

उनका अनुसार बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता सहभागी दलका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलका सदस्यसमेत सहभागी थिए ।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माअ‍ोवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.