राष्ट्रपतिविरुद्ध अदालत जानेबारे सल्लाह गर्दैछौं– प्रचण्ड

डिसी नेपाल
५ असोज २०७९ १६:०३

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका छन् । राष्ट्रपतिविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताए ।

आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा कानूनी लडाइ लड्नेबारे अधिवक्ताहरूसँग छलफल भइरहेको बताए ।उनले राष्ट्रपतिको कदम लोकतन्त्र, संविधान र गणतन्त्रविरुद्ध रहेको आरोप समेत लगाए । उनले सडकमा युवा विद्यार्थी आन्दोलित भइरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.