१५ वर्षीया बालिका बलात्कृत
काठमाडौं । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ। सुस्त मनस्थिती भएकी ती बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु बुद्धभुमि नगरपालिका–३ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ मगरगाउँ बस्ने बर्ष ४० को राजु नेपालीलाई पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । नेपालीमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment