ज्यान मु्द्धाका आरोपित ६ वर्षदेखि फरार, ग्रिनेट र पेस्तोलसहित पक्राउ परे
जाजरकोट । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक पुरुषलाई ६ वर्षपछि विभिन्न हतियारसहित पक्राउ गरिएको छ । नलगाड नगरपालिका–५ ऐरारी बस्ने मोहित भन्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान ग्रिनेट, १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईन्द्र बहादुर समेत भएको कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि भागी फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले नलगाड नगरपालिका–५ ऐरारीमा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment