देवी पराजुलीकाे “हामी नारी” गीत सार्वजनिक

डिसी नेपाल
७ असोज २०७९ ७:०८
264
Shares

काठमाडाैं। सामाजिक सञ्जालदेखि युट्युव च्यानलमा यतिबेला एक पछि अर्को गर्दै रचनाकार देबी पराजुलीका नयाँ गीतहरू आएका छन्।

ज्योति प्रकाशको सङ्गीतमा नयाँ गीत “हामी नारी” यतिबेला बजारमा आएको छ। यो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ले संयुक्त रुपमा शितल निवाशमा बिमोचन गरेका थिए। उक्त्त भिडियो ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ।

देवी पराजुली र राधा महत को प्रस्तुति रहेको यो गीतलाई गायिकाद्वय सत्यकला राई र बिन्दु परियारको स्वर रहेको छ। यो नारी जागरण सम्बन्धी राष्ट्रिय गीत निकै माधुर्य बनेको छ। नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ।

भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् भने उक्त्त भिडियोलाई याम गुरुङले कोरियोग्राफी गरेका छन्। भिडियोमा मोडल दिब्यानी वली र अस्मिता पुरीको शीर्ष नृत्य रहेको छ भने उनीसँगै विभिन्न उत्कृष्ट योगदान पुयाउनु हुने नेपाल सीर्जनशील महिला समूहको अभिनय रहेको छ।

यो गीतलाई पछिल्लो समयका चर्चित सङ्गीत संयोजक सुदीप सागरले गरेका हुन्। गीतको भिडियोमा करन चैसिरको छायाङ्कन,प्रकाश धमलाको सम्पादन,सन्तोष पौडेलको ध्वनी मिश्रण रहेको उक्त गीत द म्युजिक इरा मा रेकर्डिङ्ग गरियको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *