बिहे गरेको भोलिपल्टै विदेशीलाई नागरिकता दिन मिल्दैन–कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी नागरिकलाई विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका छन्।
गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । नागरिकता कागजको खोस्टोमात्र नभएको थापाले टिप्पणी समेत गरे ।
‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’, थापाले भने ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment