दि नेपाल डिस्टिलरिजको उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा

डिसी नेपाल
७ असोज २०७९ १४:४७
44
Shares

काठमाडौँ। ‘दि नेपाल डिस्टिलरिज’ले उच्चकोटीको ‘न्युड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ।

काठमाडौँमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टुडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्युड सुपेरियर भोड्का’ अनावरण गरिएको हो।

‘न्युड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो। राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन। यसका साथै ग्लुटेन फ्री तथा ग्लिसरिन फ्रीजस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ।

‘न्युड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१ औँ शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको छ।

विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो। यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुचि देखिन्छ। नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवं समसामयिक र मौलिक स्वाद मन पराउँछन्। त्यस्ता चाहनाहरुलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काका रुपमा ‘न्युड सुपेरियर भोड्का’ ल्याइएको हो।

अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्युड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ।

सतप्रतिशत स्थानीय सामग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्लेन्डर क्रिस्टोफर आर्म्सले ‘न्युड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन्। यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन। भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टिलरिजले सुझाएको छ। यसका अतिरिक्त यसलाई बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरुमा पनि प्रयोग गर्न सकिन्छ।

यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुआत सन् २०१९ बाट नै भएको थियो। ‘न्युड सुपेरियर भोड्का’को विकास गर्नुअघि आमउपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका शृंखलाहरु सञ्चालन गरिएका थिए। यो क्रममा सहभागीहरुले ‘न्युड’को स्वादलाई औधी रुचाएका थिए।

स्वाद र गुणस्तरजस्तै ‘न्युड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले भने, ‘न्युड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्विडलाई थप प्रस्टता दिन्छ। बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टिलरिज’का अन्य ब्रान्डजस्तै पुनः रिफिल गर्न सकिन्न।’

थप प्रस्ट पार्दै लामिछानेले अगाडि भने, ‘विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेयपदार्थ आयात गर्नुपर्ने बाध्यता हटी राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्याउने हाम्रो उद्देश्य हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *