राष्ट्रपतिविरुद्ध वक्तव्यवाजी नगर्न पत्रकार महासंघलाई प्रेस चौतारीको चेतावनी
काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई राष्ट्रपति विद्यादेवी भण्डरीविरुद्ध वक्तव्यवाजी नगर्न चेतावनी दिएको छ। भक्तपुरको नगरकोट बैठकपछि महासंघले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाउँदै प्रेस चौतारीले राष्ट्रपति भण्डारीविरुद्ध वक्तव्यबाजी नगर्न चेतावनी दिएको हो।
‘नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका वैधानिक निकायमाथि यसैगरी आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवी पत्रकारको शीर निहुर्याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कमद चाल्न बाध्य हुने चेनावतीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छ,’ महासचिव हिरामान लामाले भनेका छन्। प्रेस चौतारीले आफूलाई श्रमजीवी पत्रकारको हितमा उभ्याउँदै आफ्नो साझा चरित्र कायम राख्न पनि महासंघलाई सुझाव दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment