सत्यमोहन जोशीलाई पर्यटनमन्त्री श्रेष्ठ र बालेनले भेटे

डिसी नेपाल
७ असोज २०७९ १७:०९
56
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमि हुन नदिने बताएका छन् ।

शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमि हुन नदिने बताएका हुन् ।

भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्य कर्मी आवश्यक रहेको र स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमती प्रदेशले आवश्यक बजेट बिनियोजन गर्ने जानकारी गराएका थिए ।

आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गरेपछि चक्रसंवर कोर्नेकाम जारी छ । त्यस्तै शुक्रबार नै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले जोशीसँग भेट गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् । सो क्रममा शाहले लोक साहित्य परिषद्को अवलोकन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *