टेलिकमले ल्यायो रिचार्जमा बोनस, भ्वाइस तथा डाटा प्याकसहितको दशैं अफर
काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ। नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याकका साथै रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको हो।
उक्त अफर दशैंका अवसरमा भोलि (असोज ९ गते) देखि असोज २३ गतेसम्म उपलब्ध हुनेछ।
डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ। त्यसैगरी १ दिनका लागि अनलिमिटेड डाटा प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क सेवा पनि उपलब्ध गराइएको छ ।
उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले १४१५ डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment