शकुन्तलममा अल्लु अर्जुनकी छोरी अल्लु अरहा
फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन्। यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ।
फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ। यो फिल्मलाई वर्षकै ठूलो फिल्म मानिएको छ। फिल्ममा अल्लू अरहाले राजा दृष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको भूमिकामा अभिनय गर्दैछिन्।
फिल्ममा सामन्था रुथ प्रभु शकुन्तलाको भूमिकामा देखिँदैछिन् भने पुरु वंशका राजा दृष्यन्तको भूमिकामा मलयालम स्टार देव मोहन देखिँदैछन्। यो उनको पहिलो तेलुगु फिल्म हो।
फिल्ममा दर्शकले भीएफएक्सको प्रयोग बढी हेर्न पाउनेछन्। यो फिल्मको पोस्ट प्रोडक्सनमा १० महिनाको समय लागेको थियो। फिल्मले कश्मीरको प्रेमकथालाई देखाउनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment