मनी लान्ड्रिङ मुद्दामा ज्याकलिन फर्नान्डेजले पाइन् अन्तरिम जमानत

डिसी नेपाल
१० असोज २०७९ ११:०५
84
Shares

काठमाडौँ। सुकेश चन्द्रशेखरसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा ज्याकलिन फर्नान्डिजलाई ठूलो राहत मिलेको छ। अदालतले ज्याकलिन फर्नान्डेजलाई अन्तरिम जमानत दिएको छ। यसअघि ज्याकलिन फर्नान्डेज २०० करोडको मनी लान्ड्रिङ मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर भएकी थिइन्।

ज्याकलिन फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा पटियाला हाउस कोर्ट पुगेकी छिन्। अदालतले ज्याकलिनलाई अन्तरिम जमानत दिएको छ। वास्तवमा, अदालतले अभिनेत्रीलाई २०० करोडको मनी लान्ड्रिंग मुद्दामा बोलाएको थियो। त्यसपछि अभिनेत्रीका वकिलले मनी लान्ड्रिङ मुद्दामा जमानतको लागि निबेदन दिएको थियो। अव अदालतले अभिनेत्रीलाई अन्तरिम जमानत दिएको छ ।

सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोड ठगीको मामलामा दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग करिब ८ घण्टा सोधपुछ गरेको थियो। सोधपुछका क्रममा ज्याकलिनले केही प्रश्नको जवाफ दिन टालेको देखियो । ज्याकलिन बाहेक दिल्ली प्रहरीको आर्थिक अपराध शाखालेले पिंकी इरानीलाई पनि बोलाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *