कांग्रेसका शेखर समूहले गर्यो आन्दोलनको घोषणा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आज सोमबार बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
बैठकले गरेको निर्णय अनुसार १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने भनेको छ। १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ। समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment