सेयर बजार करिब १६ अंकले बढ्यो, कारोबार रकम ६६ करोड ३० लाखमा सिमित

डिसी नेपाल
११ असोज २०७९ १५:२३

काठमाडौँ। साताको कारोबारको तेश्रो दिने मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १६ अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९२ अङ्कले उकालो लागेर १ हजार ८३१.०५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५४ अङ्कले बढेर  ३ सय ५८.१४ मा पुगेको छ । कूल २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर खरिद बिक्री हुँदा ६६ करोड ३० लाखमाथिको कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ। यसको आज २ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहमध्ये होटल तथा पर्यटन व्यवसायी र म्युचुअल फण्ड उपसमूह घटेको छ भने बाँकि सबै उपसमूह बढेको छ। आजको कारोबारमा सामुदायिक लघुवित्त र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, गरिमा ऋणपत्र र एभरेष्ट बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *