चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड
काठमाडौं। चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ। सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ।
संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ। करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ।
लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिनेछ। नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ।
अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायांकन गर्न लागिएको चलचित्र नम्बरी सुनको निर्देशन राजुु गिरिले गर्नेछन् । चलचित्रको मुहूर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहने निर्माण टिमले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment