एमाले नेता पाण्डेलाई मातृशोक

डिसी नेपाल
१३ असोज २०७९ ७:५९
600
Shares

काठमाडौं। नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ। उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन्।

मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.