कान्येमाथि इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध

डिसी नेपाल
२३ असोज २०७९ १०:००
428
Shares

लसएञ्जल्स। सामाजिक सञ्जाल कम्पनी मेटाले र्‍यापर कान्ये वेस्टलाई इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको छ। मेटाले उनको इन्स्टाग्राम एकाउण्टमा भएको पोस्ट पनि हटाइदिएको छ। यद्यपि उनको इन्स्टाग्राम खाता भने अझै देखिएको छ।

कुनै प्रयोगकर्ताले आफ्नो नीतिलाई बारम्बार उल्लंघन गरेमा मेटाले उसको एकाउण्टमा प्रतिबन्ध लगाउँछ। मेटाले कान्येले पोस्ट गरेको कुन सामाग्रीका लागि प्रतिबन्ध लगाएको हो भन्ने केही जानकारी दिएको छैन। उसले कति समयसम्म प्रतिबन्ध लगाउने हो भन्ने पनि खुलाएको छैन।

कान्येले हालैमात्र केही सन्देशको स्क्रिनसटलाई इन्स्टाग्राममा पोस्ट गरेका थिए, जुन पोस्टलाई इन्स्टाग्रामले हटाइदिएको छ। कान्येले यो सन्देश अर्का र्‍यापर डिडीलाई पठाएका थिए। सन्देशमा यहुदीलाई लिएर केही टिप्पणी गरिएको थियो।

कान्येले यसअघि पनि इन्स्टाग्राममा प्रतिबन्धको सामना गर्नु परेको थियो। मार्चमा र्‍यापरको इन्स्टाग्राम २४ घण्टाका लागि निलम्बन गरिएको थियो। कान्येमाथि इन्स्टाग्राममा अभद्र भाषा, उत्पीडन र नस्लीय टिप्पणी गरेको आरोप लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *