सन्तान स्याहार गर्न फिल्मबाट ब्रेक लिँदै रणवीर कपुर
मुम्बई। फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपुर चाँडै पिता बन्दैछन्। हालैमात्र परिवार र केही नजिकका साथीमाझ रणवीरकी अभिनेत्री पत्नी आलिया भट्टको ‘गोद भराई’ गरिएको छ। रणवीरको हातमा फिल्मको लामै सूची छ । तर, पनि उनी केही समयका लागि फिल्मी व्यस्तताबाट अलग्गिने भएका छन्।
चाँडै पिता बन्न लागेपछि रणवीर सन्तानको जन्म समय सन्तानसँग बस्नका लागि केही समयसम्म फिल्मबाट ब्रेक लिन चाहन्छन्। अर्थात सन्तान स्याहार गर्न उनी ‘पितृत्व अवकाश’ लिँदैछन्। यसका लागि उनले अहिलेसम्म कुनै पनि फिल्ममा हस्ताक्षर गरेका छैनन् । सन्तानको जन्मपछि आमा आलिया काममा फर्किने भएकाले रणवीर अधिकांश समय सन्तानसँगै बिताउन चाहन्छन्।
‘रणवीर पिता बनेपछि पेटरनिटी ब्रेक लिन चाहन्छन्। उनी पिता बन्नका लागि निकै उत्साहित छन् । उनले आलियालाई सन्तान जन्मिएपछि काममा फर्कन आग्रह गर्दै आफूले सन्तानको हेरविचार गर्ने सुझाव दिएका छन्,’ आलिया र रणवीरका नजिकका एक साथीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन्।
आलिया करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’ को रोकिएको काम पुरा गर्नेछिन्। त्यसपछि उनी सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ तिर लाग्नेछिन्। यता रणवीर सन्दीप रेड्डी बंगाको फिल्म ‘एनिमल’ को काम तिब्र रुपमा पुरा गर्ने दौडधुपमा छन्। उनले अहिलेसम्म अन्इ कुनै पनि प्रोजेक्ट स्वीकारेका छैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment