पेट्रोल पम्पमा विस्फोट, १० जनाको मृत्यु
डब्लिन। आयरल्यान्डको उत्तरपश्चिममा रहेको पेट्रोल स्टेसनमा भएको विस्फोटमा एक स्कूले छात्रासहित १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ। काउन्टी डोनेगल गाउँ क्रिस्लोमा सो विस्फोट भएको आयरल्यान्डको प्रहरी गार्डा सियोचनाले एक पत्रकार सम्मेलनमा जानकारी दिए।
‘विष्फोटमा किशोर किशोरीसहित १० जनाको मृत्यु भएको छ ’, प्रहरीले भनेको छ, ‘पीडित सबै स्थानीय रहेको देखिन्छ। ’ विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment