लघुकथा : फूलबारी
क: “आहा, कति सुन्दर फूलबारी! यहाँ आइपुगेपछि त फर्किनै मन लाग्दैन।”
ख: “म त जब-जब यो फूलबारीमा पुग्छु, साथमा क्यामरा नल्याएकोमा पटक-पटक पछुताउँछु।”
ग: “मलाई भने यहाँ फुलेका फूलहरूको विविधता र रङ्गहरू देखेर अचम्म लाग्छ।”
घ: “म त जतिबेला पनि मालीलाई यहीँ काम गरिरहेको देख्छु। उसको यो लगनशीलता देखेर छक्क पर्छु।”
ङ: “छक्क त म पनि पर्छु! तर मालीको लगन देखेर होइन, बिहान-बिहान कुकुर डोर्याउँदै फूलबारीमा पस्ने सम्भ्रान्तहरू र तिनका अगाडि नतमस्तक बन्ने वडा, नगर अनि प्रहरी प्रशासन देखेर!”
No ads found for this position
प्रतिक्रिया


Facebook Comment