उम्मेदवारको विरुद्ध उजुरी परे के गर्ने ?

डिसी नेपाल
२४ असोज २०७९ १२:०७
48
Shares

काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने विरुद्ध आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि–१६ बमोजिम उजुरी दिन सकिनेछ।

उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्नेछन्।

कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१७ बमोजिमको दर्ता किताबमा दर्ता गरी निर्देशिकाको अनुसूची–१८ बमोजिमको भर्पाई सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ।

निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्याद भित्र दर्ता हुन आएका उजुरीको विवरण उक्त निर्देशिकाको अनुसूची–१९ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ।

यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सो सूचनामा तोकिएको समयमा प्रमाण सहित उपस्थित हुनु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ।

यसरी सूचना प्रकाशन भए पछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *