एकदिनमा ३० अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो बढ्यो

डिसी नेपाल
२७ असोज २०७९ ९:२५
128
Shares

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकै दिन ३० अर्बले घटेको छ। बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २५ असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २४ असोजसम्म बैंकहरूको निक्षेप ५१ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो। एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३० अर्बले घटेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ३१ अर्बले घटेर ४४ खर्ब ८१ अर्बमा खुम्चिएको छ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने दुई अर्बले घटेर ४१ खर्ब ८३ अर्ब रुपैयाँमा सीमित छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब २३ अर्बमा झरेको छ। बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.६१ प्रतिशतले बढेर ८७.८१ प्रतिशत पुगेको छ।  असोज २४ गते बैंकहरुको सीडी रेसियो ८७.२० प्रतिशत रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *