आइजिएफएफले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझायो
काठमाडाैं। अन्तर पुस्ता महिलावादी मञ्च (आइजिएफएफले) आज एकै समय ११ बजे देशैभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। मञ्चले निर्वाचन आयोग, विभिन्न वडा कार्यालयहरु र महिला अधिकार मंचमा समेत ध्यानाकर्षण पत्र बुझाएको हो।
आइजिएफएफले आगामी मंसिरमा हुने निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई एकसाथ ध्यानाकर्षण पत्र बुझाएको हो।
यही क्रममा आइजिएफएफ ललितपुर टिमले पनि जिल्ला प्रशासन कार्यालय ललितपुर , निर्वाचन आयोग, वडा कार्यालयहरु ३, ४,९,१४ र २३ मा ध्यानाकर्षण पत्र बुझाएकाे हाे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment