कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन्। बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाको विषयसहित निर्वाचनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment