प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित
काठमाडौँ। एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।
शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन्। साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ।
साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ। एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment