निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

डिसी नेपाल
३० असोज २०७९ ११:०९
24
Shares

लमजुङ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्। लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।

प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन्।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन्। कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन्।

लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *