आज काठमाडौंमा सत्ता गठबन्धनको संयुक्त भेला

डिसी नेपाल
७ कार्तिक २०७९ ९:११
32
Shares

काठमाडौं। चुनावी प्रचार अभियानमा सक्रिय रहेको पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ। ४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौंमा अन्तिम भेला हुँदैछ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ भइरहेको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो। एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला भएको थियो। ५ कात्तिकमा कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.