गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जुवाडे काठमाडौबाट पक्राउ

डिसी नेपाल
७ कार्तिक २०७९ १७:२८
1.1k
Shares

काठमाडौं– प्रहरीले काठमाडौभित्र तिहारमा बेला गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । अरुलाई कार्यालय समय खुलेपछि मात्रै मुद्धा दर्ता गर्ने एसपी मैनालीले बताए ।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुनेगरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ । ‘हामीले संभावित स्थानमा निगरानी राखेका छौ तर पनि कतिपयस्थानमा गुपचुप भेला हुने र कौडा खेलिरहेको हुनसक्ने संभावनालाई ध्यानमा राखेर गस्ती बढाइएको छ’, मैनालीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.