तीन वटा प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

डिसी नेपाल
१३ कार्तिक २०७९ ६:५१
40
Shares

काठमाडौं। आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ। सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.