४ मंसिर निर्वाचन : मतपत्रको रंग कस्तो हुन्छ ?

डिसी नेपाल
१४ कार्तिक २०७९ ११:३९
60
Shares

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ।

यसैगरी दुवै तहकाको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेता पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुने आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.