भक्तपुरमा लागूऔषधसहित २३ वर्षिय युवक पक्राउ

डिसी नेपाल
१४ कार्तिक २०७९ १३:१५
76
Shares

भक्तपुर। प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए।

उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागू षधसहित नियन्त्रणमा लिएको उनकाे भनाइ छ। उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *