ओली भोलि दार्चुला जाँदै, एमालेको चुनावी सभा पश्चिमबाट
काठमाडौं। नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ। एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन्।
उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन्।
सुदूरपश्चिम पश्चात ओली कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि लुम्बिनी पुग्नेछन्। उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment