सर्वसाधारणले समेत खरिद गर्न मिल्ने सांग्रिलाको संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकको संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको सो सेयर बिक्रीमा ल्याएको हो।
यस संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment