जानकी फाइनान्सको प्रथम त्रैमास : खुद नाफासंगै घट्यो प्रति शेयर आम्दानी

डिसी नेपाल
१७ कार्तिक २०७९ ११:१४
36
Shares

काठमाडौँ। जानकी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ९१.३४ प्रतिशत घटेको छ।  गत वर्षको यहि अवधिमा २ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्ष घटेर २४ लाख १९ हजार रुपैयाँमा सिमित भएको छ।

कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफा घटेको छ।  कम्पनीको खुद ब्याज आम्दानी २४.६२ प्रतिशतले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड ६ लाख रुपैयाँमा सीमित थियो। यता, सञ्चालन मुनाफा भने ३ करोड ३९ लाख रुपैयाँबाट घटेर ३४ लाख १६ हजार रुपैयाँमा खुम्चिएको छ।

यो प्रथम त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।चुक्तापुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै बढेर २० करोड ५१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खराब कर्जाको अनुपात ४.१५ प्रतिशत बढेर १०.०२ प्रतिशत पुगेको छ। सीडी रेसियो ८६.८४ प्रतिशत रहेको कम्पनीको आधारदर १२.५६ प्रतिशत छ।

कम्पनीको खुद नाफा घटेसंगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४.६५ घटेर १.४० रुपैयाँमा झरेको छ। पीई रेसियो पनि २५३.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.८० रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.