युनिलिभर नेपालले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१७ कार्तिक २०७९ १३:०३
96
Shares

काठमाडौँ। युनिलिभर नेपालले आफ्नो सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले आफ्नो लगानीकर्तालाई प्रति कित्ता १ हजार २१५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ।

लाभांश पारित गर्नको लागि  मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज गर्ने  कम्पनीले जनाएको छ। यस अनुसार मङ्सिर ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन्। कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.