सेयर बजारमा १६.१४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आजको कारोबारमा नेप्से १६.१४ अंकले घटेर १ हजार ९२२.१६ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ। यसको आज ४ करोड ३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा गरिमा विकास बैंक र तेस्रोमा अरुण काबेली पावरको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये २ उपसुचकबाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा युनिलिभर नेपाल र नबिल ब्यालेन्स्ड फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, विन नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment