निर्वाचन आयोगलाई भारतले दियो ८० गाडी

डिसी नेपाल
१८ कार्तिक २०७९ ७:३१
120
Shares

काठमाडौं। भारतले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे। श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए।

नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन उनसम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त सवारीसाधनले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *