राधी विद्युतको हकप्रद सेयर बाँडफाँट, १३ लाख कित्ता लिलामीमा आउने

डिसी नेपाल
१८ कार्तिक २०७९ १०:१४
84
Shares

काठमाडौँ। राधी विद्युत कम्पनीले १ः१.४७५२ अनुपातमा बिक्री गरेको हकप्रद सेयर बिहीबार बाँडफाँट गरेको छ।

कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ।

यसआधारमा, कुल निष्कासन गरिएको हकप्रद सेयरमध्ये १३ लाख ५२७ कित्ता हकप्रद सेयर बिक्री भएको छैन। बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुनेछ। यता, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम आइतबार कात्तिक २० गते देखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.